११ असार २०८३, बिहीबार

नेपालमा १६ लाख बालश्रमिक, सबा ६ लाख बालबालिका जोखिममा

कात्तिक २०, २०७४
नेपालमा १६ लाख बालश्रमिक, सबा ६ लाख बालबालिका जोखिममा

काठमाडौं, २९ जेठ –नेपालमा १६ लाख बालश्रमिक रहेका सरकारले जनाएको छ । बालश्रम दिवसको अवसरका एक प्रेस विज्ञप्ती जारी गर्दै श्रम विभागले नेपालमा ६ लाख २१ हजार बालबालिका जोखिमपूर्ण काममा संलग्न रहेको बताएको छ ।

नेपालले अवलम्वन गरेको दिगो विकास लक्ष्य अन्तर्गत सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रम अन्त्य गर्ने लक्ष्य लिए पनि बालश्रमको विद्यमान स्थितिले निर्धारित अवधिमा लक्ष्य पूरा गर्न कठिनाई हुने देखिने सरोकारवाला बताउँछन् ।

२०७२ सालमा गएको विनासकारी भूकम्पले प्रभावित क्षेत्रमा १० लाख बालबालिका विद्यालय जानबाट बञ्चित भएको विभाग बताउँछ ।

बालश्रम नियमित तथा निषेधित गर्ने ऐन २०५६ र बालश्रम नियमावली २०६२ ले बालश्रमको प्रयोगलाई कानूनी अपराधको रुपमा लिएको छ ।

सरकारी प्रयासलेमात्र बालश्रम अन्त्य गर्न सम्भव नभएको भन्दै विभागले त्यसका लागि सरोकारवालालाई अपिलसमेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्