११ असार २०८३, बिहीबार

म्यान्मारमा मुसाको संख्या बढ्दा भूकम्पको आशंका

कात्तिक २०, २०७४
म्यान्मारमा मुसाको संख्या बढ्दा भूकम्पको आशंका

काठमाडौं, २९ जेठ — म्यान्मार (बर्मा) को दक्षिणी भागमा अवस्थित एक टापुमा मुसाको संख्या बढेर गाउँ नै खतरामा परेपछि चार हजारभन्दा बढी मुसा मारिएका छन् ।


मुसाको लाश बुझाउने गाउँलेहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । बालीनाली सक्ने मुसाको संख्या बढ्नु भूकम्प आउनसक्ने संकेत भएको गाउँलेहरूको डर छ ।

हाइंगी द्वीपका निवासीहरू मुसाको बढ्दो संख्याका कारण समस्यामा परेका छन् ।

प्रत्येक मुसा मारेको पुरस्कारस्वरूप गाउँलेहरूलाई ५० क्यात नगद दिइने अधिकारीहरूले घोषणा गरेका छन् ।

‘गाउँ पस्न खोज्ने चार हजारभन्दा बढी मुसालाई मारिएको छ,’ त्यस क्षेत्रका सांसद फ्यो ज श्वेले एएफपीलाई बताए ।

‘परम्परागत सोच अनुसार यी प्राणीले खराब मौसमको भविष्यवाणी गर्छन् । त्यसैले मानिसहरू बाढी वा भूकम्पको त्रासमा छन् ।’

जापानी वैज्ञानिकहरूले गरेको अध्ययन अनुसार मुसाहरू ठूलो भूकम्प आउनुअघि प्रायः अनुभव गरिने इलेक्ट्रोम्याग्नेटिक लहरप्रति संवेदनशील हुन्छन् तर बर्मामा विगत केही दिनयता भूकम्पीय गतिविधि भएको पाइँदैन ।

मारिएका मुसाको लाश रोग पहिचानका लागि बाहिर लगिएको छ तर केही पत्ता लागेको छैन ।

बर्मामा मुसा आतंक प्रायः दोहोरिरहन्छ । उत्तरपश्चिमको चिन स्टेटमा मुसाको हुलले ४० वर्षमा एकचोटि फल्ने बाँसको फल खाइदिने गरेका छन् ।

सन् २००८ मा मुसाहरूले त्यो फलका अलावा बालीनाली पनि खाइदिएकाले सयौं मानिसको मृत्यु भएको बताइएको थियो ।

द डेली मेलबाट

salt training

कमेन्ट गर्नुहोस्