२३ जेठ २०८३, शनिबार

हिजो रोकिएको एमाले केन्द्रीय कमिटी बैठक बस्दै, सार्थक वार्ता नभएकोले माधव नेपाल पक्षको सहभागिता अझै अनिश्चित

हिजो रोकिएको एमाले केन्द्रीय कमिटी बैठक बस्दै, सार्थक वार्ता नभएकोले माधव नेपाल पक्षको सहभागिता अझै अनिश्चित

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सोमवार बस्दैछ । 

ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यालयमा दिउँसो ३ बजेका लागि केन्द्रीय कमिटीको बैठक तय भएको छ । 

भदौ २७ को लागि तय भएको विधान अधिवेशनको तयारी लगायत समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाइएको हो ।

केन्द्रीय कमिटीको बैठकअघि बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीका एजेण्डा तय गर्नेछ । 

उपाध्यक्ष भीम रावल लगायत माधव नेपाल पक्षका नेताहरुको आग्रहका कारण आइतवारका लागि तय भएको बैठक आजसम्मका लागि सारिएको थियो ।

सहमतिको प्रयास स्वरुप रावलले शनिवार एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । आइतवार दोस्रो तहका एमाले नेताहरु अनौपचारिक छलफलमा जुटेपनि ठोस सहमति भएको छैन ।

आइतवारको लागि तय भएको बैठक रोकिए पनि माधव नेपाल पक्षसँग सार्थक वार्ता नभएकोले आजको बैठकमा नेपाल पक्षको सहभागिता अनिश्चित छ । नेपाल पक्षले प्रतिनिधि सभा विघटन सम्बन्धमा ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने शर्त राखेको छ । माधव नेपाल पक्षको सो शर्त अध्यक्ष ओलीले कुनै हालतमा स्वीकार नगर्ने बताउँदै आएका छन् । 

साउन २१ र २२ गते बसेको माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले १० बुँदे सहमतिको जगमा पार्टी एकताका लागि प्रयास गर्ने निर्णय गरेको थियो । 

शुरुमा १० बुँदे सहमतिको स्वामित्व लिन अस्वीकार गरेका नेता नेपालले दोस्रो तहको दवाबका कारण १० बुँदे सहमतिअनुसार पार्टी एकता गर्न राजी भएका थिए ।

कर्णाली प्रदेशमा माओवादी सरकार जोगाउन ४ सांसदले फ्लोर क्रस गरेपछि शुरू भएको एमाले विवाद कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षका सांसदले हस्ताक्षर गरेपछि उत्कर्षमा पुगेको छ । 

नेपाल पक्षले सदस्यता नवीकरण लगायतका काम रोक्न आग्रह गरेपनि संस्थापन पक्षले पार्टीका काम नरोक्ने बताएको छ । नेपाल पक्षले आजको बैठकमा सहभागिताबारे आफ्नो पक्षमा छलफल नभएको बताएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्