१५ असार २०८३, सोमबार

सलमानको घरमा मध्यरातमा हंगामा

कात्तिक २०, २०७४
सलमानको घरमा मध्यरातमा हंगामा

काठमाडौं, २९ जेठ — अभिनेता सलमान खानको घरमा एकाएक हंगामा मच्चिएको छ । मुम्बईको बान्द्रा स्थित घर ग्यालेक्सी अपार्टमेन्टमा शनिवार राति एकाएक खैलाबैला भएको हो । मध्यरातमा एक व्यक्ति घरमा प्रवेश गरेपछि खैलाबैला मच्चिएको हो ।

ती व्यक्ति सुरक्षा गार्डबाट समते छलिएर घर भित्र प्रवेश गरेका थिए । उनी सलमानका नातेदार वा चिनेका मान्छे चाहिँ होइनन् । र उनी सलामानका फ्यान पनि नभएको बताइएको छ ।

सलमान मात्रै होइन खान परिवारकै लागि उनी नचिनेका व्यक्ति थिए । त्यसैले नचिनेको व्यक्ति मध्यरातमा घरमा प्रवेश गर्दा एका एक हंगामा मच्चियो ।

मोहम्द सुराजुद्दिन सलमानको घरमा मध्यरातमा छिरेको भारतीय सञ्चार माध्यम आजतकले बताएको छ । उनी २५ वर्षका मात्रै थिए ।

उनले सलमानको घरमा छिरेर ट्वाइलेट खोजिरहेका थिए । उनलाई देख्ने वित्तिकै प्रहरीले पक्राउ गरेको थियो । आजतकले उनको फोटो समेत सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार मोहम्द मानसिक विरामी हुन् । उनी कसको अपार्टमेन्टमा छिरें भन्ने थाहा पाउँदैनन् । त्यसैले उनलाई प्रहरीले पक्राउ गरेर केहीबेरमै छोडेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्