२४ जेठ २०८३, आइतबार

साढे २४ लाखले हेरे ‘थोपडाले धोका दियो बरिलै’ (भिडियोसहित)

साढे २४ लाखले हेरे ‘थोपडाले धोका दियो बरिलै’ (भिडियोसहित)

गायक भागिरथ चलाउनेको तीज गीत ‘थोपडाले धोका दियो बरिलै’ले एक महिनामा साढे २४ लाख भ्युज पाएको छ । 

जुलाई ८ मा भागिरथ चलाउने युट्युब च्यानलमा अपलोड भएको गीतलाई दिनमै करीब एक लाख दर्शकले हेर्दै आएका छन् । 

गीतमा गायक चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर छ । रामु पोर्तेलको शब्दलाई गायक चलाउनेले नै संगीतबद्ध गरेका हुन् । 

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा भागिरथ चलाउनेका साथै करिष्मा ढकालले अभिनय गरेका छन् । गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ । 

गायक चलाउनेका यसअघिका फलाम पिटे तरबार, जाउँला बरिलै, कहिले बोल्छ देश, कसलाई सोध्ने होला लगायत गीत चर्चित छन् । 

salt training

कमेन्ट गर्नुहोस्