१७ असार २०८३, बुधबार

आमिर खानको फिल्म हेरेपछि चीनका राष्ट्रपतिले किन गरे मोदीलाई फोन ?

कात्तिक २०, २०७४
आमिर खानको फिल्म हेरेपछि चीनका राष्ट्रपतिले किन गरे मोदीलाई फोन ?



चर्चित बलिउड अभिनेता आमिर खानको फिल्म ‘दंगल’ले चीनमा राम्रो चर्चा मात्रै होइन, उत्कृष्ट कमाइ पनि गरिरहेको छ । चीनमा मात्रै दंगलको कमाइ ११ सय कारोड भारु नाघिसकेको जनाइएको छ ।

 ५ मेमा चीनमा रिलिज भएको दंगल चीनको बक्स अफिसमै सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा ३३औँ स्थानमा परेको छ । भारतमा अधिकांश रेकर्ड तोडेको फिल्मले चीनमा पाएको सफलताले अामिर दंग छन् । चीनमा अामिर खानका फ्यान सवैभन्दा बढी रहेको बताइने गरिएको छ । 

यसअघि तीन फिल्म ‘पिके’, ‘थ्री इडियट्स’ र ‘धूम ३’ले चीनको बक्स अफिसमा राम्रो रेकर्ड राखेपछि आमिर पछिल्लो फिल्म दंगल लिएर चीन गएका थिए । अहिले उनको फिल्म चिनियाँहरूले निकै मन पराएका छन् ।

दंगल चिनियाँ राष्ट्रपति सी जिन पिङले पनि हेरेको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् । ‘सीले फिल्म मात्रै हेरेनन्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि फोन लगाए र भने– दंगल हेरेँ, निकै मन प-यो,’ भारतीय मिडियाको दाबी छ ।

आमिरको यो फिल्म रेसलर महावीर सिंह फोगट र उनका दुई छोरीको जीवनमा आधारित छ । आमिर महावीरको भूमिकामा छन् । 

salt training

कमेन्ट गर्नुहोस्