०६ असार २०८३, शनिबार

१९ मुसलमानले रोजे हिन्दू धर्म, गायत्री मन्त्र जप्दै नाम समेत बदले !

साउन २६, २०७८
१९ मुसलमानले रोजे हिन्दू धर्म, गायत्री मन्त्र जप्दै नाम समेत बदले !

भारत उत्तर प्रदेशको शामली जिल्लामा १९ जना मुसलमानले धर्म परिवर्तन गरेका छन् । 

महंत यशवीर महाराजले पूरै रीति रिवाजसहित १९ जनालाई हिन्दू धर्ममा ल्याएका छन् ।

१९ जना ३ परिवारको सदस्य भएको बताइएको छ ।

१२ वर्षअघि उनीहरू इस्लाम धर्ममा आस्था राख्दै मुस्लिम बनेका थिए । 

सोमवार शामली जिल्लाको काँधला सिद्ध सूरजकुन्ड मन्दिरमा उनीहरूलाई धर्म परिवर्तन गराइएको थियो । 

धर्म परिवर्तन गर्ने सबै मानिसलाई गायत्री मन्त्रको उच्चारण र होमहोमादी गर्न लगाइएको थियो । 

धर्म परिवर्तन गर्दै हिन्दु धर्म अपनाउनेमा ७ महिला, ४ पुरुष र ४ बच्चा छन् । उनीहरूले हिन्दू धर्मअनुसार आफ्नो नाम समेत बदलेको बताइएको छ ।
 

कमेन्ट गर्नुहोस्