
काठमाडौं उपत्यकामा राति ८ बजेपछि यातायात सञ्चालनमा रोक लगाइएको छ ।
उपत्यकाका तीन जिल्लाका सीडिओहरूको बैठकले निषेधाज्ञा थप गर्दै बिहीवारदेखि लागू हुने गरी रातिको समयमा यातायात सञ्चालन गर्न नपाइने निर्णय गरेको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार सार्वजनिक तथा निजी सवारीसाधनहरू रात्रिकालीन समयमा सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।
‘राति ८ बजेसम्म सबै गन्तव्यमा पुगिसक्नु पर्ने निर्णय गरिएको छ,’ उनले भने । अत्यावश्यक सवारीसाधनको सञ्चालनमा भने राेक लगाइएको छैन ।
कोरोनाको तेस्रो लहरको जोखिम बढेसँगै निषेधाज्ञामा पनि कडाइ गर्न थालिएको छ ।