१६ असार २०८३, मंगलबार

विशेष अधिवेशन आह्वानविरुद्ध सर्वाेच्चमा परेको रिट ‘हेर्न नभ्याइने’

विशेष अधिवेशन आह्वानविरुद्ध सर्वाेच्चमा परेको रिट ‘हेर्न नभ्याइने’

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन मंगलवार ‘हेर्न नभ्याइने’ भएको छ ।

नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य लिला गिरीले साउन २७ गते बोलाइएको प्रदेश सभाको विशेष अधिवेशनविरुद्ध सर्वोच्च अदालतमा मंगलवार रिट दायर गरेका थिए ।

सर्वोच्चका प्रवक्तामा बाबुराम दाहालले मंगलवार हेर्न नभ्याइनेमा राखिएको लोकान्तरलाई जानकारी दिए । 

जसरी पनि सत्ता जोगाउनमा लागेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सत्ता बहिर्गमन रोक्नका लागि रिट ‘अन्तिम अस्त्र’ मानिएको थियो ।

रिट निवेदनमा संविधानको धारा १६८ (१) बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा शंकर पोखरेल गत वैशाख १९ गते नियुक्त भएको दाबी गर्दै २ वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ ।

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका छन् । विपक्षी गठबन्धनका सांसदको समावेदनका आधारमा प्रदेश प्रमुखले प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका हुन् ।

लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री पोखरेललाई हटाएर विपक्षी गठबन्धनले नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठनको पहल गरिरहेको छ । 

मुख्यमन्त्री पोखरेलको सरकारमा सहभागी ३ जना सांसदलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले पदमुक्त गरेपछि प्रदेश सभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन् । मुख्यमन्त्री पदमा निर्वाचित हुँदा शंकर पोखरेल शक्तिशाली थिए । प्रदेश सभाका तत्कालीन ८७ सांसदमध्ये तत्कालीन नेकपाका ६१ सांसद उनको पक्षमा थिए तर ४ वर्ष बित्न नपाई पोखरेलको सत्ता संकटमा पर्‍यो । आफ्ना ठानेका सांसद्ले पनि साथ छोडेपछि पोखरेल कमजोर बन्दै गइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्