०५ असार २०८३, शुक्रबार

आजको मौसम–यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम–यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

बुधबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र  लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमासामान्य देखि पूर्ण बदली रही हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार बिहान पनि देशभर सामान्य देखी  पूर्ण बदली रही देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
हाल मौसममा  मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको महाशाखाको भनाइ छ।


यसैबीच बुधबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै प्रदेश १ , प्रदेश २, बाग्मती र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्