०९ असार २०८३, मंगलबार

‘बेलबटम’बारे अक्षयले लेखे- १९ अगस्टमा रहस्य पनि खुल्नेछ र सिनेमाघर पनि

साउन २७, २०७८
‘बेलबटम’बारे अक्षयले लेखे- १९ अगस्टमा रहस्य पनि खुल्नेछ र सिनेमाघर पनि

अक्षयकुमारको बहुप्रतीक्षित चलचित्र ‘बेलबटम’ १९ अगस्टमा रिलिज हुँदैछ । 

कोरोना महामारीको दोस्रो लहरपछि सिनेमाघरमा प्रदर्शन हुने यो पहिलो चलचित्र हुनेछ । 

अहिले अक्षय सामाजिक सञ्जालमा चलचित्रको प्रमोशनमा जुटेका छन् । उनले एउटा भिडियो पोस्ट गरेका छन्, जसमा सबै मुख्य कलाकारहरूको परिचय दिइएको छ । साथै उनले लेखेका छन्, ‘१९ अगस्टमा रहस्य पनि खुल्नेछ र सिनेमाघर पनि । बेलबटमको आठ दिन बाँकी ।’

रञ्जित एम तिवारी निर्देशित यो एक पिरियड स्पाई थ्रिलर चलचित्र हो । 
 

salt training

कमेन्ट गर्नुहोस्