०९ असार २०८३, मंगलबार

कास्कीमा ८७ हजारले लगाए कोरोना विरुद्धको खोप

साउन २७, २०७८
कास्कीमा ८७ हजारले लगाए कोरोना विरुद्धको खोप
प्रतिकात्मक तस्वीर

कास्की जिल्लामा हालसम्म ८७ हजार ८३० जनाले कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ हजार ८७० जनाले कोभिशिल्ड, २५ हजारले जोन्सन एण्ड जोन्सन र ४६ हजार ९० जनाले भेरोसेलको दुवै डोज खोप लगाएका हुन् ।

कोरोना निवारणका लागि कार्यस्थलमा खटेका, लक्षित वर्ग र विभिन्न उमेर समूहका व्यक्तिलाई प्राथमिकता दिएर खोप लगाइएको कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए । १ मात्रा मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप २५ हजार जनाले लगाएका छन् । 

खोप २५ हजार १५० मात्रा प्राप्त भएकामा १५० खोप वैदेशिक रोजगारीमा जानेहरूका लागि लक्ष्य गरी सुरक्षित राखिएको छ ।

भेरोसेलको पहिलो मात्रा लगाउने ४६ हजार ५०० रहेकामा ४६ हजार ९६० ले दोस्रो मात्रा लगाइसकेका छन् । अन्यत्र पहिलो मात्रा लगाएका ४६० जनालाई पनि दोस्रो मात्रा लगाइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्