१८ असार २०८३, बिहीबार
रास्वपा महाधिवेशन

रास्वपालाई शुभकामना दिन गगन आफैँ चितवन जाने

असार ७, २०८३
काठमाडौं
रास्वपालाई शुभकामना दिन गगन आफैँ चितवन जाने

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन उद्घाटन सत्रमा शुभकामना दिन नेपाली कांग्रेसका सभापति गगन थापा आफैं चितवन जाने भएका छन् ।

आइतबार बिहानै फेसबुकमार्फत शुभकामना दिएका गगन उद्घाटन सत्रका लागि चितवन जाने तयारी भएको उनको सचिवालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।

रास्वपाले प्रमुख दलहरूलाई महाधिवेशनमा शुभकामना दिनका लागि आमन्त्रण गरेको छ ।

यसअघि प्रमुख दलका शीर्ष नेताहरू नजाने चर्चा भएको थियो । तर, गगन सहभागी हुने भएका छन् ।

यता नेकपा एमालेले नेता प्रदीप ज्ञवाली र नेकपाले वर्षमान पुनलाई पठाउने तयारी गरेका छन् ।

रास्वपाको पहिलो महाधिवेशन आइतबार भरतपुरको गेस्टहाउस चौरमा उद्घाटन हुँदैछ । रास्वपा महाधिवेशन मंगलबारसम्म चल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्