२५ असार २०८३, बिहीबार
रास्वपा महाधिवेशन

रास्वपा पदाधिकारीमा निर्वाचित कसले कति ल्याए मत ?

असार १२, २०८३
काठमाडौं
रास्वपा पदाधिकारीमा निर्वाचित कसले कति ल्याए मत ?
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छिन् ।

चितवनमा शुक्रबार सम्पन्न निर्वाचनमा तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित भएकी हुन् । 

गौतमले ७८९ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी कार्कीले ५७२ मत प्राप्त गरेकी थिइन् ।

यस्तै, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन् । मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पछि पार्दै आचार्य महामन्त्रीमा निर्वाचित बनेका हुन् ।

आचार्यले ६७३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी झाले ३४६ मत प्राप्त गरे ।

यस्तै, सहमहामन्त्री हरि ढकाल, असीम शाह र निशा डाँगी निर्वाचित भएका छन् ।​ ढकाल र शाह खुला र डाँगी महिला सहमहामन्त्रीमा निर्वाचित बनेका हुन् ।

सहमहामन्त्री ढकालले ४१०, साहले ४७१ र ७३७ मत प्राप्त गर्दै विजयी बनेका हुन् ।

पार्टी सभापतिमा रवि लामिछाने र खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका भइसकेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्