०५ साउन २०८३, मंगलबार

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध पेश भयो अविश्वासको प्रस्ताव

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध पेश भयो अविश्वासको प्रस्ताव
फाइल तस्वीर।

लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कानोडियाले अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

बैठकमा सत्तापक्ष नभए पनि बैठक चलिरहेको छ । मुख्यमन्त्रीले राजीनामा दिएको सूचना प्रदेश सभामा नपुगेपछि बैठक चलिरहेको हो ।

मुख्यमन्त्रीको राजीनामाबारे सचिवालयमा पत्र नआइसकेकाले बैठक चलिरहेको प्रदेश सभा सचिवालयकी सूचना अधिकारी विमला पौडेलले बताइन् । अहिले अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ । 

अविश्वासको प्रस्तावमा आगामी मुख्यमन्त्रीका लागि माओवादी नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्