११ असार २०८३, बिहीबार

बसीबसी करोडौं कमाउँछन् यी महिलाहरू ?

कात्तिक २०, २०७४
बसीबसी करोडौं कमाउँछन् यी महिलाहरू ?

यति आरामले थुप्रो पैसा कमाउने कल्पना शायदै कसैले गर्ला । तर अस्ट्रेलियाका यी गेमर गर्ल्स घर वा अफिसमा बसीबसी लाखौं करोडौं कमाइरहेका छन् ।


यिनीहरूको काम भनेको भिडियो गेम खेल्नु हो र एक घन्टा भिडियो गेम खेलेर यिनीहरू माटो रकम हात पार्छन् ।

लाखौं मानिस यिनीहरूले गेम खेलेको लाइभ भिडियो हेर्छन् । लाइभ स्ट्रिमिङको सब्स्क्रिप्सन, विज्ञापन र स्पोन्सरशिपबाट यिनीहरू पैसा कमाउँछन् ।

चेल्सी नामक महिला गेमिङ वर्ल्डमा एक्समिंक्स नामले चिनिन्छिन् । उनी भिडियो गेम खेलेको भरमा एक लाखदेखि १० लाख डलरसम्म कमाउँछिन् ।

मानिसहरू उनले भिडियो गेम खेलेको लाइभ हेर्छन् र यसबीचमा उनी मानिसहरूसँग कुराकानी पनि गर्छिन् । चेल्सीका साढे तीन लाखभन्दा बढी सब्स्क्राइबर छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्