२५ असार २०८३, बिहीबार

नामिबियाद्वारा ५७ हात्ती बिक्री

साउन २७, २०७८
नामिबियाद्वारा ५७ हात्ती बिक्री
सन्दर्भ तस्बिर

नामिबियाको सरकारले ५७ वटा हात्ती बिक्री गरेको छ ।

खुल्ला मूल्य बढाबढका आधारमा ती हात्तीहरू बिक्री गरिएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

नामिबियाको वातावरण मन्त्रालयका प्रवक्ता रोमेओ मुयुन्डाले बिक्रीका लागि १७० हात्ती राखेको भए पनि ५७ वटा मात्रै बिक्री भएको जानकारी दिए।

उनका अनुसार नामिबिया सरकारले गत वर्ष सन् २०२० को डिसेम्बरमा ती हात्तीहरू बिक्रीका लागि बोलपत्र नै आह्वान गरेको थियो ।
हात्तीको सङ्ख्या धेरै हुँदै गएपछि हात्ती र मानिसबीच द्वन्द्व बढेकाले त्यसलाई न्यूनीकरण गर्नका लगि हात्ती बिक्री गर्नुपरेको अधिकारीहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्