०६ साउन २०८३, बुधबार

चीनले अमेरिकालाई तिब्बती प्रतिनिधिसँग भेटेकोमा गर्‍यो आलोचना

साउन २८, २०७८
चीनले अमेरिकालाई तिब्बती प्रतिनिधिसँग भेटेकोमा गर्‍यो आलोचना

अमेरिकाले तिब्बतको बहानामा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने भारतस्थित चिनियाँ दूतावासका एक प्रवक्ताले बुधवार बताएका छन् । 

मंगलवार नयाँ दिल्लीमा अमेरिकाका शर्ज दफेयर्स अतुल कश्यपले दलाई लामाका एक प्रतिनिधिलाई भेटेपछि यो कुरा गरेका हुन् । 

न्गोदुप दोङचुङलाई भेटेपछि कश्यपले अमेरिका धार्मिक स्वतन्त्रतालाई समर्थन तथा तिब्बती जनताको सांस्कृतिक तथा भाषिक पहिचानको जगेर्ना गर्न प्रतिबद्ध रहेको बताए । सबै मानिसको समान अधिकारका विषयमा दलाई लामाले राखेको भिजनलाई पनि अमेरिकाले सम्मान गर्ने उनको भनाइ छ । 

एकपछि अर्को ट्वीट गर्दै चिनियाँ दूतावासका प्रवक्ता वाङ स्याओच्यानले तिब्बत चीनको आन्तरिक मामिला भएको भन्दै अमेरिकाको आलोचना गरे । 

कश्यपले दोङचुङलाई भेटेको लगभग दुई हप्ताअघि अमेरिकाका परराष्ट्मन्त्री एन्टोनी ब्लिन्केनले पनि दोङचुङसँग भेटघाट गरेका थिए । 
 

कमेन्ट गर्नुहोस्