१० असार २०८३, बुधबार

सञ्चार सचिव अर्यालद्वारा मन्त्रालयमा पदबहाली

साउन २८, २०७८
सञ्चार सचिव अर्यालद्वारा मन्त्रालयमा पदबहाली

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सरकारी सञ्चार माध्यमलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएका छन् ।

बिहीवार आयोजित स्वागत समारोहमा सचिव डा. अर्यालले आमसञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र प्रतिस्पर्धी गराउन आवश्यक नीतिगत व्यवस्था तथा नियमन प्रणालीलाई चुस्तदुरुस्त गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले आम जनताको जीवन पद्दतिलाई सहज गराउन सूचना प्रविधिको पहुँच विस्तार गरी यसप्रतिको जनविश्वास अभिवृद्धिका लागि साइवर सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए ।

सचिव अर्यालले नेपाल टेलिकमको सेवा गुणस्तरीय गराउन, हुलाक सेवालाई प्रतिस्पर्धी तुल्याउन र मुद्रण विभागको दायरा बढाउन आवश्यक नीतिगत व्यवस्था गरिने उल्लेख गरे । उनले डिजिटल नेपाल संरचनामा समयानुकूल सुधार, ब्रोड बैंक इन्टरनेट सेवा तथा सूचना राजमार्गको विस्तार, विद्युतीय हस्ताक्षरलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा समेत जोड दिए ।

विक्रम संवत् २०४९ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका सचिव डा. अर्यालले अर्थ, वाणिज्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न सरकारी निकायमा कुशलतापूर्वक कार्यसम्पादन गरिसकेका छन् ।

हालैको मन्त्रिपरिषद्को निर्णयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आएका सचिव अर्यालले बिहीवार आफ्नो पदभार सम्हालेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्