१० असार २०८३, बुधबार

कांग्रेस सांसदको माग : वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्‍यो

कांग्रेस सांसदको माग : वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्‍यो
फाइल फोटो

नेपाली कांग्रेसका १ सांसदले वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम हुनुपर्ने बताएका छन् ।

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद जिपछिरिङ लामाले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिनुपर्ने माग गरेका हुन् । 

‘वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्‍यो, पहाडी भेगमा ६५ वर्षको मानिसले औषधि उपचार पाउन सकेको छैन । त्यसैले ६५ वर्षमा वृद्धभत्ता दिनुपर्छ,’ उनले भने ।

२०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिने निर्णय गरेको थियो तर त्यो निर्णय कार्यान्वयन भएन ।

अहिले ७५ वर्षभन्दा बढी उमेर भएका नागरिकलाई मासिक ४ हजार वृद्धभत्ता दिइँदै आएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्