१० असार २०८३, बुधबार

राजपालाई निर्वाचन आयोगको यस्तो आग्रह

कात्तिक २०, २०७४
राजपालाई निर्वाचन आयोगको यस्तो आग्रह
,

काठमाडौँ, २९ जेठ - प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रिय जनता पार्टी नेपाललगायत आन्दोलनरत राजनीतिक दललाई उम्मेदवार हुने र निर्वाचनको प्रचारप्रसार गर्ने नागरिक अधिकार कुण्ठित नगर्न आग्रह गरेका छन् ।rajapa

प्रदेश नं २ को निर्वाचन तयारीको अनुगमन गरेर फर्केपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै डा यादवले भने, “आन्दोलन गर्ने लोकतान्त्रिक अधिकार भए पनि निर्वाचनको माध्यमबाटै विद्यमान सबैखाले समस्या समाधान हुनेछ ।” राजनीतिक दलहरु उम्मेदवारको छनोट र सम्भावित उम्मेदवार निर्वाचनको प्रचारप्रसारमा जुटिरहेको बताउँदै उनले उम्मेदवारी दर्तापछि सघन रुपमा उम्मेदवार मतदातामा जाने हुँदा त्यसपछि चुनावको राम्रो वातावरण बन्ने विश्वास व्यक्त गरे ।

राजनीतिक दल, उम्मेदवार र मतदातामा तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ भन्नेमा एउटै स्वर र अभिमत रहनु सकारात्मक भएकोे बताउँदै उनले भने, “दोस्रो चरणको निर्वाचनमा अघिल्लो जस्तै उत्साह र मतदाताको व्यापक सहभागिता र समर्थन हुनेछ । संविधानको स्वीकार्यतालाई दृष्टिगत गरी राजनीतिक वातावरण बनाउन यसअघिका निर्वाचनको मिति सारिए पनि आगामी असार १४ गतेको स्थानीय तहको निर्वाचन अन्तिम हो, निर्वाचन सारेमा ठूलो गल्ती हुनेछ, निर्वाचन सार्नुपर्ने कुनै व्यवस्थापकीय, कानुनी, संवैधानिक कारण छैन, त्यसैले अब यो सर्दैन, सार्न पनि हुन्न । ”

निर्वाचनको मिति सार्नु भनेको आफैँमा अप्रजातान्त्रिक भए पनि लोकतन्त्रका लागि दलबीच सहमति कायम गर्ने सन्दर्भमा आयोग विगतमा लचिलो भएको जनाउँदै उहाँले सबै दलको निर्वाचनमा सहभागिता होस् भन्नाका लागि छोटो समयमा कानुन संशोधन गरिएको पक्षलाई हेक्का राख्न सुझाव दिए ।

मोरङ र सुनसरीको तुलनामा सप्तरीमा राजनीतिक दल र उम्मेदवार मतदाताका बीचमा पुगेर प्रचारप्रसारमा जुट्न आवश्यक रहेको बताउँदै डा यादवले दोस्रो चरणको निर्वाचन हुने प्रदेशका जिल्लामा सरकारले बनाएको सुरक्षा व्यवस्था राम्रो रहेको जानकारी दिए । मतगणना छिटो सम्पन्न गर्न, मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउन तथा शान्तिसुरक्षा उचित प्रबन्ध मिलाउन पनि राजनीतिक दल र सरोकार भएकाहरुले आफूलाई सुझाव दिएको डा यादवले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्