०८ साउन २०८३, शुक्रबार

कांग्रेसमा सभापतिको उम्मेदवार बन्न ३० हजार मनोनयन शुल्क तिर्नुपर्ने ! अरु पदमा कति ?

कांग्रेसमा सभापतिको उम्मेदवार बन्न ३० हजार मनोनयन शुल्क तिर्नुपर्ने ! अरु पदमा कति ?

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिको सभापति पदको उम्मेदवार बन्न ३० हजार रुपैयाँ मनोनयन शुल्क तिर्नुपर्ने प्रस्ताव गरिएको छ ।

महामन्त्री पूर्णबहादुर खड्काले बिहीवारको केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको निर्वाचन निर्देशिका प्रस्तावमा मनोनयन शुल्कबारे प्रस्ताव गरिएको छ ।

केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २० हजार रुपैयाँ, सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवारका लागि ३ हजार रुपैयाँ, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ५ हजार रुपैयाँ र केन्द्रीय महासमिति सदस्यका लागि ७ हजार रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ ।

प्रदेश कार्यसमिति सभापतिका लागि १५ हजार रुपैयाँ, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि ११ हजार रुपैयाँ र सदस्य पदका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गर्दै प्रस्ताव गरिएको छ ।

केन्द्रीय कार्यसमिति बैठकबाट निर्देशिका पारित भएमा आसन्न निर्वाचनमा सोहीबमोजिम शुल्क तिर्नुपर्नेछ ।

जिल्ला सभापति पदका लागि १० हजार रुपैयाँ, उपसभापति र सचिवका लागि ७ हजार रुपैयाँ, सहसचिवका लागि ६ हजार रुपैयाँ र सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि ७ हजार रुपैयाँ, उपसभापति र सचिव पदका लागि ५ हजार रुपैयाँ, सहसचिव पदका लागि ४ हजार रुपैयाँ र सदस्य पदका लागि २ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

प्रदेशसभा क्षेत्रीय कार्यसमिति सभापति पदका लागि ५ हजार रुपैयाँ, उपसभापति र सचिव पदका लागि ३ हजार रुपैयाँ, सहसचिव पदका लागि २ हजार ५०० रुपैयाँ र सदस्य पदका लागि २ हजार रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ ।

महानगरपालिका/उपमहानगरपालिका कार्यसमिति सभापतिका लागि ५ हजार रुपैयाँ, उपसभापति र सचिवका लागि ३ हजार रुपैयाँ, सहसचिवका लागि २ हजार रुपैयाँ र सदस्य पदका लागि २ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

नगरपालिका कार्यसमिति सभापतिका लागि ३ हजार रुपैयाँ, उपसभापति र सचिव पदका लागि ३ हजार रुपैयाँ, सहसचिव पदका लागि २ हजार रुपैयाँ र सदस्य पदका लागि १ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

गाउँपालिका कार्यसमिति सभापतिका लागि २ हजार रुपैयाँ, उपसभापति, सचिव र सहसचिवका लागि १ हजार रुपैयाँ र सदस्यका लागि ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

गाउँपालिका/नगरपालिका वडा कार्यसमिति सभापति पदका लागि ५०० रुपैयाँ, उपसभापति, सचिव र सहसचिव पदका लागि ३०० रुपैयाँ र सदस्य पदका लागि १०० रुपैयाँ प्रस्ताव गरिएको छ ।

निर्वाचन निर्देशिका केन्द्रीय कार्यसमिति बैठकमा छलफलका क्रममा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्