०७ असार २०८३, आइतबार

सुमोनाले छोडिन् कपिल शर्मा शो ?

साउन २९, २०७८
सुमोनाले छोडिन् कपिल शर्मा शो ?

भारतीय टिभी नायिका सुमोना चक्रवर्ती लामो समयदेखि ‘द कपिल शर्मा शो’मा छिन् । 

हालै शोको प्रोमो भिडियो सार्वजनिक गरिएको छ, जसमा सुमोना गायब छिन् । 

टिजर र प्रोमो भिडियोमा सुमोना नदेखिएपछि यसबारे चर्चा चल्न थालेको छ भने कतिपयले सुमोनाले शो छाडेको समेत आँकलन गर्न थालेका छन् । 

यद्यपी उनी शोमा रहने तर फरक भूमिकामा रहने बताइएको छ । 

उनी आफ्नो भूमिका परिवर्तन गर्दै आफ्ना फ्यानहरूका लागि सप्राइज बनेर आउने तयारीमा रहेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्