०३ साउन २०८३, आइतबार

चीनले खतरनाक क्षेप्यास्त्रहरू राख्नका लागि बनायो अर्को भण्डार, अमेरिका समेत चकित

साउन २९, २०७८
चीनले खतरनाक क्षेप्यास्त्रहरू राख्नका लागि बनायो अर्को भण्डार, अमेरिका समेत चकित

चीनले आफ्ना खतरनाक आणविक क्षेप्यास्त्रहरू राख्नका लागि तेस्रो विशाल भण्डार (साइलो) बनाउन थालेको छ । 

भूउपग्रहीय तस्वीरबाट पत्ता लागेअनुसार, तेस्रो साइलो चिलानताईमा बनाइँदैछ । त्यो इन्नर मंगोलिया नजिक छ । यस नयाँ साइलोमा चीनका १०० वटा नयाँ डीएफ–४१ अन्तर्महादेशीय क्षेप्यास्त्र राख्न मिल्छ । 

अमेरिकाका गुप्तचर निकायहरूले भूउपग्रहीय तस्वीरका आधारमा चीनको नयाँ क्षेप्यास्त्र भण्डार पत्ता लगाएका हुन् । दुई अन्य साइलो जस्तै यो पनि निकै विशाल छ । 

अमेरिकाको रणनीतिक कमान्डका कमान्डर चार्ल्स रिचार्डले चीनको आणविक शक्ति व्यापक रूपमा विकसित भइरहेको बताए । यसलाई असाधारण भन्नुपर्ने उनको भनाइ छ । 

जमीनबाट जमीनमा मार हान्ने क्षेप्यास्त्रको नयाँ भण्डार चीनले बनाइरहेको हो । 

यसअघिका दुई साइलोहरू हामी र युमेन इलाकामा बनाइएका छन् । ती दुवै ठाउँ प्रत्येकमा ११० मिसाइल राख्न मिल्छ । 

चीनका यी नयाँ क्षेप्यास्त्रहरूले उसको अन्तर्महादेशीय क्षेप्यास्त्रको संख्यालाई थप बढाउनेछ । उसले ठूलो संख्यामा क्षेप्यास्त्रहरूलाई पनडुब्बी, जमीन र रेल मोबाइल लोन्चरमा तैनाथ गरेको छ । 

कैयौं वर्षसम्म मौन रहेपछि चीन अहिले संसारलाई आफ्नो शक्ति देखाउन लागिपरेको विश्लेषकहरू बताउँछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्