
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएको र कानूनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताएका छन् ।
उनले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको र चाँडै नै पार्टी एक ढिक्का हुने बताए ।
प्रेस चौतारी नेपालले सर्लाहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका पाण्डेले मिडियाले एमाले आजै फुट्यो अहिलै फुट्यो भने झैँ अवस्था नरहेको र पार्टीले कार्यदल बनाएर एक ढिक्का बनाएर लैजाने विषयमा गम्भीर ढङ्गले छलफल गरिरहेको जानकारी दिए ।