१६ असार २०८३, मंगलबार

फिजियोथेरापिस्ट सुरज भुसाल मछिन्द्र क्लबमा आवद्ध

फिजियोथेरापिस्ट सुरज भुसाल मछिन्द्र क्लबमा आवद्ध

राष्ट्रिय फूटबल टोलीका पूर्व फिजियोथेरापिस्ट सुरज भुसाल शहीद स्मारक ए डिभिजन लिगका लागि मछिन्द्र क्लबमा आवद्ध भएका छन् । 

अर्थोप्लास्ट रिह्याब सेन्टरका आर्थोपेडिक एण्ड स्पोर्टस फिजियोथेरास्टि मेडिकल डाइरेक्टर समेत रहेका भुसालले मच्छिन्द्रसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कात्तिक २९ गतेबाट ए डिभिजन लिग शुरू हुने अखिल नेपाल फूटबल संघ (एन्फा) ले यसअघि नै जनाइसकेको छ ।

भुसालले ए डिभिजन लिग अवधिभर टोलीका खेलाडीको मैदान बाहिर र भित्र सबै खाले फिजियोथेरापी र प्रारम्भिक स्वास्थ्य सेवाको जिम्मेवारी निर्वाह गर्नेछन् । भुसालले सन् २०१३ देखि २०१७ सम्म राष्ट्रिय टोलीमा रहेर काम गरेका थिए । उनी नेपालले एएफसी सोलिडारिटी कप जित्दा टोलीका सदस्य थिए ।

यसअघि शीर्ष फूटबल क्लबले मात्र फिजियो राख्ने गरेका थिए तर खेलाडीको प्रदर्शनमा प्रत्यक्ष प्रभाव देखिन थालेपछि पछिल्लो केही वर्षयता लगभग सबै ए डिभिजन टोलीले फिजियो राखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्