३१ असार २०८३, बुधबार

देउवाका दौंतरी नै कांग्रेसका बागी उम्मेदवार, कारण यस्तो

कात्तिक २०, २०७४
देउवाका दौंतरी नै कांग्रेसका बागी उम्मेदवार, कारण यस्तो
काठमाडौं, ३० जेठ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्ने भएका छन् । देउवासँगै विगतमा तीन महिना जेल बसेका कांग्रेस नेता सुरेन्द्रबहादुर विष्ट आफूलाई देउवाले गम्भीर धोका दिएको भन्दै कांग्रेसबाट बागी उम्मेदवार बन्न लागेका हुन्, आजको राजधानी दैनिकमा खबर छ ।bagi

२०२७ सालमा नेविसंघ स्थापना हुँदा संस्थापक सदस्यसमेत रहेका सुरेन्द्र देउवाका पुराना साथी हुन् । नेपाली कांग्रेसमा आफूले दिएको योगदानबारे देउवालाई राम्रोसँग थाहा भएपनि देउवाले पछिल्ला दिनमा गम्भीर धोका दिएको विश्लेषण गर्दै उनी सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछामको कमल बजार नगरपालिकाको मेयर पदमा बागी उम्मेदवार बन्न लागेका हुन् ।

लामो समयसम्म कांग्रेसमा योगदान पु-याएका सुरेन्द्रलाई अछाम कांग्रेसले कमल बजार नगरपालिकाको मेयरमा सिफारिस गरेको थियो । सिफारिसपछि १४ वैशाखदेखि काठमाडौंमा बस्दै आएका उनले आफ्ना पुराना दौंतरी देउवालाई पनि भेटे । देउवाले पनि उनलाई मेयरको विकल्प अरु कोही नभएको भन्दै ढुक्क हुन भने । तर अन्तिममा कांग्रेसले ओमप्रकाश विष्टलाई मेयरको टिकट दियो । त्यसपछि बिच्किएका हुन् सुरेन्द्र ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी सुरेन्द्रले आफूले विगतमा पार्टीलाई पु-याएको योगदान बिर्सेकाले र आश्वासन दिएर पनि झुक्याउने काम गरेकाले उम्मेदवारी दिन लागेको बताए । उनले पार्टीले स्थानीय जनताको भावना पनि बुझ्न नसकेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्