११ असार २०८३, बिहीबार

एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु

साउन ३०, २०७८
एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

माडी गाउँपालिकाका–२ मा शनिवार बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए ।

भैरहवाबाट कोर्चाबाङ शव पुर्‍याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो । दुर्घटनामा १ जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्