
नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव गरिएको छ ।
आजबाट शुरू भएको केन्द्रीय कमिटी बैठकबारे जानकारी गराउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको जानकारी दिए ।
बैठकमा पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र विधान संशाेधन मस्यौदा प्रस्ताव प्रस्तुत गरेका छन् । साे प्रस्तावमा छलफल जारी छ ।
प्रस्तावमाथि छलफलका लागि केन्द्रीय सदस्यहरूलाई आठ समूहमा विभाजित गरिएको छ ।
ती समूहलाई छलफलका लागि भोलि (आइतवार) ११ बजेसम्मका लागि समय दिइएको छ ।
‘भोलि (आइतवार) पुनः बस्ने केन्द्रीय कमिटी बैठकमा छलफलको निष्कर्षका रूपमा रिपोर्ट प्रस्तुत हुनेछ,’ श्रेष्ठले भने, ‘त्यसपछि फेरि स्पष्टीकरण र निष्कर्ष निकाल्ने काम हुन्छ ।’