
लुम्बिनी चेम्बर अफ कमर्सको प्रथम साधारणसभा तथा अधिवेशनले टंकप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा श्रीधर महरा (दाङ), महासचिव जेपी कँडेल (रुपन्देही), कोषाध्यक्ष युवराज न्यौपाने (गुल्मी) र सचिव चिरञ्जीवी पोखरेल (पाल्पा) रहेका छन् ।
त्यस्तै बैठकले मन्जु पराजुली र शिव ज्ञवालीलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ ।
समितिले आर्थिक सल्लाहकारमा डा. ईश्वर गौतम,कानुनी सल्लाहकारमा अधिबक्ता विनोद गौतम र प्रेस सल्लाहकारमा पत्रकार प्रदीप आचार्यलाई मनोनीत गरेको महासचिव जे.पी.कँडेलले बताए ।
कमर्सका प्रदेश सदस्यहरूमा जिल्ला चेम्बर अफ कमर्स क्षेत्रबाट उदयराज लम्साल (बर्दिया), यमकुमारी सुवेदी (नवलपरासी), मदन खड्का (प्यूठान), उपमहानगर चेम्बर अफ कमर्सबाट पदम पोखेरल (तुल्सीपुर उपमहानगर), नगर चेम्बर अफ कमर्स क्षेत्रबाट जयप्रकाश गुप्ता (कृष्णनगर), सुकदेव बेल्वासे (भूमिकास्थान), खीमबहादुर खत्री (प्रस्तावित सिद्धार्थनगर) र गाउँपालिका चेम्बर अफ कमर्स क्षेत्रबाट उमानाथ घिमिरे (रैनादेवीछहरा) निर्वाचित भएका छन् ।
निर्वाचनबाट १४ सदस्यीय प्रदेश समिति गठनका लागि जिल्ला चेम्बर अफ कमर्स क्षेत्रबाट ६ जना, उपमहानगरबाट १ जना, नगरबाट ४ जना, गाउँपालिका २ जना र वडा चेम्बर अफ कमर्स क्षेत्रबाट एक जना चयन हुने र सोहीबाट पदाधिकारी चयन गर्ने प्रावधान छ ।