१० असार २०८३, बुधबार

माओवादीको स्थायी कमिटी बैठक शुरू

माओवादीको स्थायी कमिटी बैठक शुरू

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू भएको छ । केन्द्रीय समिति बैठकमा समूहगत रूपमा अध्यक्षको प्रतिवेदनमाथि छलफल र निष्कर्ष प्रस्तुत भएपछि स्थायी कमिटी बसेको हो । 

केन्द्रीय कमिटी बैठकमा संगठनात्मक पुनर्संरचनाको खाकासहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तरिम विधान पेश गरेका थिए । 

माओवादीले यसअघि विधानमा नरहेको उपमहासचिव पद थपेको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान संशोधन प्रस्तावमा उल्लेख छ । 

यस्तै केन्द्रीय कमिटीको एक तिहाइको पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइको स्थायी कमिटी बनाउने माओवादीको प्रस्ताव छ । 

salt training

कमेन्ट गर्नुहोस्