०८ साउन २०८३, शुक्रबार

नम्बर १ चिनियाँ अटो कम्पनी ‘च्याङ्गन’को नेपालका लागि अफिसियल डिजिटल प्लेटफर्महरु सार्वजनिक

नम्बर १ चिनियाँ अटो कम्पनी ‘च्याङ्गन’को नेपालका लागि अफिसियल डिजिटल प्लेटफर्महरु सार्वजनिक

विश्व प्रसिद्ध चिनियाँ अटो निर्माता कम्पनी ‘च्याङ्गन’ अब छिट्टै नेपाली बजारमा आउने भएको छ ।

औपचारिक रुपमै नेपालका लागि अफिसियल वेबसाईट - http://changannepal.com/, फेसबूक पेज- https://www.facebook.com/changannp, इन्स्टाग्राम- https://www.instagram.com/changan.nepal/, तथा युट्युब च्यानल- https://www.youtube.com/channel/UCBkoBHjhHWuy4U4Pp9AfOHg सार्वजनिक गर्दै कम्पनीले निकट भविष्य मै नेपाली बजारमा आफ्नो उपस्थिति रहने जानकारी दिएको हो ।

नेपालका लागि च्याङ्गनको आधिकारिक वितरक एमएडव्लु वृद्धि अटोकर्प ले ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्न तथा सजिलो र भरपर्दो तरिकाले सम्पर्कमा रहन उक्त डिजिटल प्लेटफर्महरुको शुरुवात गरेको जानकारी दिएको छ ।

‘च्याङ्गन नेपाल’ ले ब्रान्ड तथा उत्पादनका जानकारीहरु तथा प्रचारसामग्रीहरु उक्त डिजिटल तथा सोसल मिडिया प्लेटफर्महरुमा प्रकाशन तथा प्रसारण गर्ने छ ।

कम्पनीले उपलब्ध उत्पादनहरुको छोटो र सटिक जानकारी वेबसाईट,  फेसबुक र इन्स्टाग्राममा राख्नेछ र ग्राहकहरुलाई उक्त प्लेटफर्महरु मार्फत नै नयाँ जानकारीहरु प्राप्त गर्न उत्प्रेरित गर्नेछ । ग्राहक तथा इच्छुक व्यक्तिहरुले उक्त च्यानलहरु मार्फत नै सम्पर्क गर्न र आफ्ना जिज्ञासाहरुको जवाफ प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले नेपालमा आधिकारिक रुपमै डिजिटल प्लेटफर्महरु मार्फत आफ्नो उपस्थिति सुरुवात गरेको अवसर पारेर एउटा  प्रतियोगिता पनि संचालन गरेको छ । जसअन्तर्गत कम्पनीले पहिलो १०० जना फलोअर मध्येबाट भाग्यशाली १० विजेता छान्ने छ र आकर्षक पुरस्कार प्रदान गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्