०७ असार २०८३, आइतबार

पेरिसको विलासी होटलमा बस्छन् मेसी, एक रातको भाडा २८ लाख !

साउन ३१, २०७८
पेरिसको विलासी होटलमा बस्छन् मेसी, एक रातको भाडा २८ लाख !

अर्जेन्टिनाका दिग्गज फूटबल खेलाडी लियोनल मेसी बार्सिलोना क्लब छोडेर पेरिस सेन्ट जर्मेन गएपछि पेरिसमा बस्न थालेका छन् । 

पेरिसमा अहिले उनी परिवारसँग समय बिताइरहेका छन् । उनी पत्नी एन्टोनेला र तीन सन्तानसँगै पेरिसको ल रोयल मोन्सेउ होटलमा बसेका छन् । 

उक्त होटलमा एक रातका लागि २८ लाख रुपैयाँ तिर्नुपर्छ । यस फाइभ स्टार होटलमा भव्य स्विमिङ पूल र सिनेमाघर छ । यो निकै शानदार र भीआईपी स्थानमा छ । 

सन् २०१७ मा पीएसजी आएका नेयमार पनि यस होटलमा बसेका थिए । 

मेसीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । त्यसलाई थप्ने विकल्प पनि उनीसँग छ । मेसीले पीएसजीमा वर्षको लगभग पाँच अर्ब रुपैयाँ कमाउनेछन् । 
 

कमेन्ट गर्नुहोस्