२९ जेठ २०८३, शुक्रबार

कोरोना अपडेट : थपिए २२१२ संक्रमित, ३३ जनाको मृत्यु

कोरोना अपडेट : थपिए २२१२ संक्रमित, ३३ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १०६ नमूना परीक्षणमध्ये एक हजार ७९३ पीसीआर र ४१९ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा हालसम्म ८ लाख सात हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार २९२ पुगेको छ । 

मन्त्रालयका अनुसार थप एक हजार ८६७ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ । 

हाल मुलुकभर ३९ हजार २९५ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्