१० असार २०८३, बुधबार

मेयरका उम्मेदवारको गाडीमा बियरका बोतल भेटिएपछि....

कात्तिक २०, २०७४
मेयरका उम्मेदवारको गाडीमा बियरका बोतल भेटिएपछि....

धनगढी, ३० जेठ– धनगढी उपमहानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार घोषणा गरेको व्यापारी गोपाल हमालको गाडीमा वियरको बोतल भेटिएका छन् ।

उनले प्रचार प्रसारका प्रयोग गरिरहेको व्यानरसहितको गाडीमा सोमबार दिउँसो ४२ पेटी टुवोर्ग वियर भेटिएको प्रहरीले जनाएको छ । उक्त गाडी हमालको प्रचार प्रसारका लागि धनगढीको एलएन चोकबाट क्याम्पस रोड जाँदै थियो ।

चुनाव प्रचार प्रसारका क्रममा उनले यसअघि पनि निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै विभिन्न दलनका कार्यकर्ताहरुले विरोध जनाउँदै आएका थिए ।


त्यस्तै शनिवार धनगढीको तारानगरमा उनले स्वास्थ्य शिबिर नै सञ्चालन गरी निशूल्क औषधी समेत बितरण गरेका जनाइएको छ । चुनाव प्रचारका लागि उनले केही ठाउँमा नगद समेत वितरण गरेका अन्य दलका कार्यकर्ताको भनाइ छ ।

यसअघि कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेको हमाल धनगढीको मेयरका लागि स्वतन्त्र उम्मेदवार उठेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्