भदौ ८, २०७८
चीनको छिङ्गहाई प्रान्तस्थित हो सिलमा रहेको विश्व सम्पदा क्षेत्र [भिडियो] https://www.facebook.com/lokaantar/videos/363534432107954
काठमाडाैं | साउन ३२, २०७८
व्यस्त सडकमा पुगेर केहीबेर उभिनुभयो भने साइरन बजाउँदै कैयन एम्बुलेन्स हुइँकिएका भेटिन्छन् ।
यसरी हुइँकिने एम्बुलेन्सभित्र कोही न कोही बिरामी वा घाइते व्यक्ति त हुन्छ नै । कतिपय त मृत्युसँग नै लडिरहेका हुन्छन् ।
यस्ता बिरामीहरूको ज्यान जोगाउने दायित्व अस्पताल पुग्नुअघि कसैको हातमा हुन्छ भने त्यो हो एम्बुलेन्स चालक ।
दाङ घर भएका देवीराम चौधरीले एम्बुलेन्स चलाउन थालेको ५ वर्ष भयो।
बिरामीलाई समयमा अस्पताल पुर्याएर उनले धेरैको ज्यान जोगाएका छन् । तर एक जना मात्रको ज्यान जोगाउन नसक्दा पनि उनलाई थकथक लाग्छ । यस्तै घटना केही समय अगाडि घट्यो ।
कोरोनाका एक बिरामीलाई बचाउन उनले धेरै पहल गरे । दुईवटा सिलिन्डर ढाडमा बोकेर अस्पतालसम्म पुर्याए पनि । सिलिन्डर बोक्दा करङको एउटा हड्डी नै क्र्याक भएको उनी सम्झिन्छन् । तर दुर्भाग्य ! ज्यान जोगाउन सम्भव भएन ।
रौतहटका शिवचन्द्र कुमार साहले मधेश आन्दोलनपछि एम्बुलेन्स चालकको रूपमा काम थाले । १० वर्षभन्दा लामो समयदेखि एम्बुलेन्स चलाउँदै गर्दा उनले कैयन तीतामीठा घटना भोगेका छन् ।
तर पछिल्लो डेढ वर्षयता उनले जति सास्ती खेप्नुपर्यो त्यति सास्ती यसअघि कहिल्यै भएको थिएन । कोरोनाका बिरामी बोक्ने भनेर उनलाई पसलमा पानी किन्न दिइएन, भोक लागेर पसलमा पुग्दा शटर बन्द गरियो ।
अरूको ज्यान जोगाउन रातदिन नभनी खट्ने एम्बुलेन्स चालकका सम्बन्धमा कसैले राम्रो नसोचेको गुनासो संयुक्त एम्बुलेन्स चालक संघ काठमाडौंका सचिव गोपीकृष्ण श्रेष्ठको छ ।
आपतका बेला एम्बुलेन्स चालकसामु भगवान् भरोसा शिवाय अरू केही विकल्प नरहने उनले बताए ।
बिरामीलाई अस्पताल पुर्याउँदासम्म प्राथमिक उपचार गर्ने, अक्सिजन लगाइदिनेदेखि स्लाइन लगाउनेसम्मका काम गर्ने एम्बुलेन्स चालकलाई अधिकांशले राम्रो व्यवहार नगर्ने गरेको गुनासो चालक प्रकाश न्यौपानेको छ । आफूहरूलाई गर्ने व्यवहार तल्लो स्तरको हुने गरेको उनले बताए ।
स्वास्थ्य संकटका बेला ज्यानको पर्वाह नगरी सेवामा खटिएका एम्बुलेन्स चालकका सम्बन्धमा राज्यको पनि उचित ध्यान गएको पाइँदैन ।
चीनको छिङ्गहाई प्रान्तस्थित हो सिलमा रहेको विश्व सम्पदा क्षेत्र [भिडियो] https://www.facebook.com/lokaantar/videos/363534432107954
ललितपुरको सातदोबाटो–गोदावरी रुटमा पर्ने ठैबभन्दा अलि माथि पर्ने गोदामचौरका स्थानीय वासिन्दा हुन् राम कार्की । उनलाई दैनिकजसो घरदेखि लगनखेलसम्म ओहोरदोहोर गरिरहनुपर्छ । पहिला आफ्नै गाडीमा २० मिन...
राज्यबाट जनताले सेवासुविधा लिँदा अनेक सास्ती भोग्नुपर्छ तर गुर्जुधारास्थित यातायात कार्यालयमा जनताले कर तिर्नै लाग्दा पनि अत्याचार खेप्नुपर्छ । कर तिर्नैपर्ने भएकाले अत्याचार खेप्दाखेप्दै पनि दैनिकजसो सयौं मोटरस...
कोरोनाभाइरस (कोभिड- १९) को तेस्रो भेरियन्ट नेपालमा निकै तीव्र गतिमा फैलिएको छ । सरकारले भीडभाड गर्न रोक लगाएको छ भने यातायात पनि जोरबिजोरका आधारमा मात्र सञ्चालन गर्न निर्देशन दिइसकेको छ । पछिल्ल...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...