
गुल्मी, १४ पुस– गुल्मीको मुसिकोट गाविसमा रोटी खादाँ एकै परिवारका ५ जना बिरामी परेका छन् ।
आटाको रोटी र अचार खादाँ मुसिकोट २ का रामबहादुर परियारका ३ बुहारी १ छोरा र १ छोरी बिरामी भएका हुन् । विरामी हुनेहरुमा बुहारीहरु २३ वर्षीय सावित्रा परियार, १९ वर्षकी पुष्पा परियार र १८ वर्षीय अस्मिता परियार , बर्ष १५ का छोरा बुद्ध परियार र १२ वर्षीय छोरी अस्मिता परियार रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
बिहीवार बिहान आटाको रोटी र अचार खाएपछि उनीहरु अकस्मात बेहोस हुने तथा रुने कराउने गरेपछि छिमेकीहरुले उद्धार गरेका थिए । बिरामी भएका सबै जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।