१२ असार २०८३, शुक्रबार

माधव नेपालको एमाले समाजवादी : ६६ पुराना र २९ नयाँ अनुहार, केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला

माधव नेपालको एमाले समाजवादी : ६६ पुराना र २९ नयाँ अनुहार, केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला

माधव नेपाल अध्यक्ष रहनेगरी दर्ताको प्रक्रियामा रहेको नेकपा एमाले (समाजवादी)को केन्द्रीय कमिटी ९५ सदस्यीय हुने भएको छ ।

६६ जना एमालेका पुराना केन्द्रीय सदस्य र नयाँ २९ जना सदस्य सहित ९५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको एक सदस्यले जानकारी दिए । एमालेका २०३ केन्द्रीय सदस्य मध्ये ६६ जना नेपालको पक्षमा खुलेका छन् । 

९५ सदस्यीय केन्द्रीय कमिटीमा एमाले स्थायी कमिटीका माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसाल मात्र छन् । यसअघि माधव नेपाल पक्षबाट कार्यदलमा रहेका पाँचै सदस्य ९५ सदस्यीय केन्द्रीय कमिटीमा छैनन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, प्रदेश सभा सदस्य र केही मेयरसहित २९ जना नयाँ केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरिएको केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए । 

दल दर्ताका लागि सबै तयारी पूरा भएको नेताहरूले बताएका छन् । बानेश्वरको अर्याल होटलमा बसेर नेपाल पक्षका नेताहरूले दल दर्ताको निवेदनमा हस्ताक्षर गरेका छन् । 

नेपाल पक्षले खुल्ला किताब चुनाव चिह्नसहित दल दर्ताका लागि आजै निवेदन दिने तयारी गरेको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।

दल दर्ताको प्रक्रिया बुझ्नका लागि राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री निर्वाचन आयोगमा पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्