२९ जेठ २०८३, शुक्रबार

कारागारमै हस्ताक्षर सनाखत गराएर नयाँ पार्टीमा लागे रेशम चौधरी

कारागारमै हस्ताक्षर सनाखत गराएर नयाँ पार्टीमा लागे रेशम चौधरी
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गर्दै अध्यक्ष महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गराएका छन् ।

ठाकुरले बुधवार निर्वाचन आयोगमा जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएको छ । 

साइकल छाप चुनाव चिह्न राखेर महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । 

नयाँ दलमा ठाकुर मात्र एकल अध्यक्ष रहने छन् भने राजेन्द्र महतोलाई वरिष्ठ नेता राखिएको छ ।

जसपा (लोकतान्त्रिक) को कार्यकारिणी सदस्यमा कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई समेत समावेश गरिएको छ । दल दर्ताका लागि निवेदन दिनुअघि ठाकुर पक्षले कारागार कार्यालय डिल्लीबजारमै पुगेर हस्ताक्षर सनाखत गराएको थियो ।

हस्ताक्षर सनाखत गरेको कारागारको पत्रसहित ठाकुर पक्षले चौधरीलाई आफ्नो पक्षमा राख्दै दल दर्ताको निवेदन दिएको छ ।

यस्तो छ जसपा (लोकतान्त्रिक) को केन्द्रीय कार्यकारिणी समिति –

salt training

कमेन्ट गर्नुहोस्