१२ असार २०८३, शुक्रबार

नेपाल तेक्वान्दो संघद्वारा पारा तेक्वान्दो टीमलाई बिदाइ

नेपाल तेक्वान्दो संघद्वारा पारा तेक्वान्दो टीमलाई बिदाइ

नेपाल तेक्वान्दो संघद्वारा टोकियो पारालम्पिकमा सहभागी हुने नेपाली पारा तेक्वान्दो टीमलाई बुधवार शुभकामनासहित बिदाइ गरिएको छ ।

टोकियो २०२० पारा ओलम्पिक अन्तर्गत भदौ १७–१९ गतेसम्म हुने पारा तेक्वान्दो खेलमा खेलाडी पलेशा गोवर्धन र प्रशिक्षकमा कविराज नेगी लामाले सहभागिता जनाउने छन् ।

बुधवार संघको सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहमा नेपाली टोलीलाई बिदाइ गरिएको छ । 

संघका अध्यक्ष प्रकाशशम्शेर राणाको सभापत्विमा आयोजित समारोहमा महासचिव दीपराज गुरुङले स्वागत मन्तव्यसहित शुभकामना व्यक्त गर्दै पलेशाको सहभागिताबारे प्रकाश पारेका थिए भने अध्यक्ष प्रकाशशम्शेर राणाले खेलाडी र प्रशिक्षकलाई फूलको गुच्छा र खादाद्वारा बिदाई गर्दै सफलताको लागि शुभकामना व्यक्त गरे ।

बिदाइका अवसरमा ललितपुर धापाखेलस्थित नागदह तेक्वान्दो डोजाङका पदाधिकारी र प्रशिक्षकले पलेशाको सफलताको कामनासहित प्रोत्साहन स्वरूप नगद २५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्