२६ जेठ २०८३, मंगलबार

राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी कनेक्ट आइपीएसमार्फत

राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी कनेक्ट आइपीएसमार्फत

राष्ट्रिय बीमा संस्थानकाग्राहकहरुले आफ्नो जीवनबीमाको प्रिमियम रकम अन्लाईनबाटै  कनेक्ट आइपीएस इपेमेन्ट प्रणाली मार्फत भुक्तानीगर्न सक्ने भएका छन् ।

बुधवार एक समारोहको आयोजना गरीसंस्थानकातर्फबाट प्रशासकश्री कवि प्रसाद पाठक, सहप्रशासक  महेश रिमालर एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानका साथै अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त अन्लाईन भुक्तानी सेवाको थालनी गरिएको हो । 

यससँगै अब बीमा संस्थानका ग्राहकले प्रिमियम भुक्तानीका निम्ति काउन्टरमा लाईन बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने अन्लाईनबाटै आफ्नो बैंक/वित्तिय संस्थाको खाताबाट भुक्तानी गर्न सक्नेछन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्