१७ असार २०८३, बुधबार

शेखर कोइरालाको सचिवालयले भन्यो– ओलीसँग भेटेको कुरा भ्रमपूर्ण र कपोलकल्पित

शेखर कोइरालाको सचिवालयले भन्यो– ओलीसँग भेटेको कुरा भ्रमपूर्ण र कपोलकल्पित
फाइल फोटो

नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको भन्ने समाचार भ्रमपूर्ण रहेको उनको सचिवालयले जनाएको छ ।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बिहीवार फेसबूकमा सन्देश लेख्दै नेता कोइरालाले ओलीलाई भेटेको भन्ने समाचार भ्रमपूर्ण रहेको जनाएका हुन् ।

'केपी ओलीसँग डा. शेखर कोइरालाको भेट भएको छैन । एक अनलाइनमा सम्प्रेषित "सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइसकेपछिको परिस्थितिका बारेमा कांग्रेस नेता शेखर कोइराला र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच छलफल भएको" भन्ने भ्रमपूर्ण, कपोलकल्पित र मनगढन्ते समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ। दुईदिनको विराटनगर बसाइपछि कोइराला हिजो (२०७८ भाद्र २ गते) बेलुकी काठमाडौं फर्कनुभएको हो। उहाँको हिजो बेलुका कसैसँग भेटघाट भएको छैन,' थपलियाले लेखेका छन् ।

नेता कोइराला कांग्रेसको आसन्न महाधिवेशनमा सभापति पदका दाबेदार हुन् ।

salt training

कमेन्ट गर्नुहोस्