०७ असार २०८३, आइतबार

माधव नेपालको पार्टीले मान्यता पाएकै दिन मन्त्रिपरिषद्लाई पूर्णता : प्रचण्ड

माधव नेपालको पार्टीले मान्यता पाएकै दिन मन्त्रिपरिषद्लाई पूर्णता : प्रचण्ड
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीले दलको मान्यता पाएकै दिन मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

यसबारे बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको उनले बताए ।

समाजवादी केन्द्रले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले बुधवारबाट परिस्थिती नयाँ बनेको र अब एकैदिन मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।

‘हिजोबाट नयाँ परिस्थिति बनेको छ, आज बिहान देउवाजी, माधवजी र हामी बसेका थियौं । अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलो गर्नु हुँदैन भन्ने कुरा भएको छ,’ प्रचण्डले भने, ‘दर्ता भएको पार्टीको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ, एकैदिनमा पूर्णता पाउँछ ।’

कमेन्ट गर्नुहोस्