३१ जेठ २०८३, आइतबार

‘तपाईंको मास्क खोई ?’ अभियानमा २१ हजार ८४३ जनालाई निःशुल्क मास्क वितरण

‘तपाईंको मास्क खोई ?’ अभियानमा २१ हजार ८४३ जनालाई निःशुल्क मास्क वितरण
प्रतिकात्मक तस्वीर

कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २१ हजार ८४३ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ८ लाख ९५ हजार ४ सय ४३ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रूपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नारासहित ‘तपाईंको मास्क खोई ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १३४ जनालाई १३ हजार ८०० रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ६१० जनालाई रोकी सम्झाइबुझाई छाडिएको छ । 

देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा पम्पलेट सहितको १७३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत २३ हजार ५९४ जनालाई सचेत गराइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्