११ साउन २०८३, सोमबार
ओलीको आक्रोश

‘पार्टी फुटाउनेहरू सांसद रहिरहनुपर्ने, मन्त्री खाइरहनुपर्ने, यो भन्दा निर्लज्जता के हुन्छ ?’

‘पार्टी फुटाउनेहरू सांसद रहिरहनुपर्ने, मन्त्री खाइरहनुपर्ने, यो भन्दा निर्लज्जता के हुन्छ ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले पार्टी फुटाएर पनि सांसद र मन्त्रीमा लोभ देखाएर निर्लज्जता प्रस्तुत गरेको आरोप लगाएका छन् । 

न्यूज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा ओलीले माधव नेपाल समूहले षड्यन्त्रपूर्वक कानून परिमार्जन गरेर मन्त्री खाने लोभ गरेको आरोप लगाए ।

‘मन्त्री हुनेबित्तिकै पार्टीले निकाल्छ भनेर कानून नै परिवर्तन गर्न मिल्छ ? मन्त्री पनि खाने, सांसद पनि रहने पार्टीबाट निष्कासित पनि नहुने, यस्तोलाई के शब्द बोल्ने ? निर्लज्जता, पदलोलुपता, बेइमानीको यो भन्दा तल्लो स्तर के हुन्छ ?’, ओलीले प्रश्न गरे । 

एमालेविरुद्ध प्रहार गर्नका लागि संसद् अधिवेशन अन्त्य गरेर तत्काल अध्यादेश ल्याउने काम भएको उनले बताए । 

‘छापामार शैलीमा अधिवेशनको अन्त्य हुन्छ र भोलिपल्ट १० नबज्दै षड्यन्त्रपूर्ण ढंगले अध्यादेशको सिफारिश हुन्छ । मेरो घरमा झगडा हुन सक्छ, त्यसो भयो भन्दैमा देशको कानून नै फेर्न मिल्छ ?’, ओलीले भने । 

एमालेबाट माधव नेपाल छुट्टिएको विषयमा ओलीले भने, ‘माधव नेपाललाई एमालेमा रहन नसक्ने गरी, त्यहाँबाट फुटाउने गरी, त्यहाँ रहन नसक्ने तागत लागेपछि माधव नेपालको केही लागेन होला ।’

जो माधव नेपालसँग गएनन् ती पार्टीमै यथावत जिम्मेवारीमा रहने ओलीले बताए । ‘जो माधव नेपालसँग गएनन् ती पार्टीमै यथावत जिम्मेवारीमा जो जहाँ थिए, त्यही छन् । पार्टीमा मेरो जे भूमिका थियो, त्यही हुन्छ । अरूको पनि जे भूमिका थियो त्यही हुन्छ’, ओलीले भने ।  

सरकारको विषयमा टिप्पणी गर्दै उनले भने, ‘नेपाली कांग्रेसको सरकार छ तर प्रचण्डपथमा हिँडिरहेको छ । विचित्रको स्थिति छ । यो जनविरोधी क्रियाकलाप भयो नगर्नुहोस् । देशको विपक्षमा भयो ।’ 

पार्टी फुट्दा एमालेको तागत घटेको नभई अन्तर्घात मात्रै भएको ओलीले बताए । 

उनले भने, ‘यस्तो अन्तर्घात सधैँ हुँदैन । अन्तर्घातले केही समय धक्का पर्छ तर अपूरणीय क्षति चाहिँ होइन । एमालेसँग एक सयभन्दा बढी सिट अहिले नै छ । अहिले पनि संसदमा ठूलो दल हो । एमालेसँग अरूको तुलना हुँदैन ।’

salt training

कमेन्ट गर्नुहोस्