×

NMB BANK
NIC ASIA

धनगढीमा २५ करोड बढी लागतमा निर्माणाधीन प्रदेशकै ठूलो सभाहल गुणस्तरहीन

भदौ ७, २०७८

NTC
Premier Steels

कैलालीको धनगढीमा निर्माणाधीन सुदूरपश्चिम प्रदेशकै ठूलो सभाहल गुणस्तरहीन बनिरहेको पाइएको छ ।

Muktinath Bank

महालेखापरीक्षकको कार्यालयले आफ्नो ५८औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सभाहल गुणस्तरहीन बन्न लागेको औंल्याएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७८ असार ९ गते निर्माण सम्पन्न गर्ने गरी २५ करोड २६ लाख ८८ हजार रुपैयाँमा सम्झौता भई आव २०७६/२०७७ सम्ममा १३ करोड ८२ लाख ६२ हजार भुक्तानी गरिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रतिवेदनमा उल्लेख छ, ‘निर्मित संरचनामध्ये प्लास्टर गर्न बाँकी उत्तरतर्फको बिम र पिलरको सर्फेस रेगुलर नदेखिएको, पर्याप्त कम्प्याक्सन नपुगी हनी कम्ब देखिएको र पर्याप्त क्युरिङ नहुँदा प्लास्टर फुटेको अवस्था छ । हनी कम्ब देखिएको स्ट्रक्चरमा पर्याप्त ग्राउन्डी गरी गुणस्तर कायम भएको सुनिश्चिता कायमपछि मात्र थप कार्य गर्नुपर्दछ ।’

Vianet communication

सिटी हल निर्माणका लागि शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले बीकेवाई एमके रोयल जेभीसँग २०७६ माघ २ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७८ असार ९ गते अर्थात् ३० महिना अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने थियो तर अझै सम्पन्न हुन सकेको छैन ।

१ बिगाहा क्षेत्रफलमा बन्दै गरेको सिटी हल १ हजार जना अटाउने क्षमताको हुनेछ । अपाङ्गतामैत्री रहने सिटी हलको अन्डरग्राउन्ड तथा हलको बेसमेन्टमा पार्किङको व्यवस्था हुनेछ । 

सिटी हलमा छुट्टाछुट्टै २ वटा हल निर्माण गरिने छ । सिटी हलभित्रै प्रशासनिक कक्ष, चेन्जिङ रूम, अति विशिष्ट कक्षको व्यवस्थाका साथै खानेपानी, शौचालय लगायत सुविधा रहनेछ । निर्माण सम्पन्न भएसँगै सिटी हलको स्वामित्व धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ । यसपछि सिटी हलको सम्पूर्ण व्यवस्थापन धनगढी उपमहानगरपालिकाले नै गर्नेछ ।

संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका साइट इन्जिनीयर प्रमोद पन्तका अनुसारका महालेखापरीक्षकको प्रतिवेदनमा त्रुटि भनेर उल्लेख गरिएका केही त्रुटिहरू अहिले सुधार भएको बताए ।

कोरोना महामारीका कारण समयभित्रै सम्पन्न नभएको सिटी हल निर्माणको समय ६ महिना म्याद थप भएको बताइएको छ । निर्माणको कार्य अन्तिम चरणमा पुगेकाले अबको केही महिनाभित्रै निर्माण सम्पन्न हुने इन्जिनीयर पन्तले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x