
दशैं चाडको विशेष अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “बजाज खुसी को ३ डोज”योजना सार्वजनिक गरेको छ ।
बजाजले सदैव ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै आइरहेको छ । र, कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरू माझ खुसी बाँड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको जनाएको छ ।
दशैं चाडको यो महत्वपूर्ण समयमा, बजाजले उपभोक्ताहरूलाई आफ्नो विशेषाधिकारको आनन्द उठाउने , खुसीका साथ उत्सव मनाउने र ग्राहकहरुको सुरक्षाको ग्यारेन्टीको समेत सुनिश्चित गर्ने बजाजको विश्वास छ ।
बजाजले सधैं विभिन्न पहल र अफरहरुका साथ ग्राहकहरुलाई समावेशगर्दै आइरहेको छ । यो दशैं चाडको अवसरमा बजाजले बजारमा “बजाज खुसी को ३ डोज”अभियान ल्याएको हो ।
ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले,, किन्ने बखतमा र किनि सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन्। ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले १० हजारसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन्। त्यस बाहेक, उपभोक्ताहरूले मोटरसाइकलको खरिदको दौरानमा रु १,००,०००/–सम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि रु १०,००,०००/– को नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, 'बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको छ । बजाजले दशैं महोत्सवको अवसरमा उपभोक्ताहरूलाई दोहोरो खुशी दिने प्रयास गर्ने उद्देश्यले “बजाज खुसी को ३ डोज”अभियान प्रस्तुत गरेको हो, किनकि बजाज आफ्नो ग्राहकहरुलाई सधैँ समयको आवश्यकता अनुसार रोचक र उपयोगी अफरहरु दिनको लागी समर्पित रहेको छ। हामीले आशा गरेका छौं कि ग्राहकहरु यस अफरबाट निकै खुसी हुनेछन् ।'