३१ असार २०८३, बुधबार

शशीकलालाई दिवङ्गत जयललिताको उत्तराधिकारी बनाइने

कात्तिक २०, २०७४
शशीकलालाई दिवङ्गत जयललिताको उत्तराधिकारी बनाइने


नयाँ दिल्ली, १४ पुस - दक्षिण भारतको तामिल नाडू राज्यकी दिवङ्गत नेतृ तथा पूर्वमुख्यमन्त्री जयललिता जयाराम ‘अम्मा’ को ठाउँमा अल इन्डिया अन्ना ड्रभिडा मुन्नेत्रा काजाघम पार्टीले उहाँकै निकट सहयोगी भीके शशीकलालाई उत्तराधिकारीका रूपमा ल्याउने निर्णय गरेको छ ।

अठसठ्ठी वर्षीया अम्माको निधनले स्तब्ध पारेको दक्षिण भारतमा उहाँकै सहयोगी ‘सिनाम्मा’ (सानिआमा) लाई ल्याउन लागिएको उक्त पार्टीले ट्वीटमार्फत जानकारी गराएको छ ।

सन् १९८० मा दुई महिलाबीच भेट भएको र तत्पश्चात उहाँहरु निकट सहयोगीका रुपमा रहँदै आउनुभएको बताइन्छ ।

शशीकलाले पार्टीले उहाँलाई आफ्नो मुख्य नेताका रुपमा अघि सार्नुपूर्व पार्टीमा आधिकारिक कुनै पद वा राज्य सरकारको कुनै पदमा रहेर काम गरेको अनुभव भने छैन ।

शशीकलामा तीन पटक मुख्यमन्त्री बनिसकेकी दिवङ्गत नेत्री जयललिताको जस्तो पार्टी पङ्ती तथा दक्षिण भारतका जनताबीच ख्याती नभएकाले नेतृत्वमा पुगेपछि आफूलाई सक्षम सावित गर्न मेहनत गर्नुपर्ने भारतीय राजनीतिक विश्लेषकको धारणा रहेको पाइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्