१६ असार २०८३, मंगलबार

क्रियाशील सदस्यताको काम सकेर मात्र अधिवेशन गर्न सुझाव

भदौ ९, २०७८
क्रियाशील सदस्यताको काम सकेर मात्र अधिवेशन गर्न सुझाव

नेपाली कांग्रेसका नेताले पार्टीको क्रियाशील सदस्यताको सम्पूर्ण काम सम्पन्न गरेर मात्र अधिवेशन प्रक्रिया शुरूआत गर्दा उपयुक्त हुने सुझाव दिएका छन् ।

पार्टीको संस्थापनइतर पक्षका शीर्ष नेताहरुको बुधवार ठमेलको चाक्सिबारीमा भएको बैठकले क्रियाशील सदस्यताको काम चाँडै सक्नुपर्ने, जिल्लामा फरक–फरक मितिमा नभइ देशभर एकैपटक अधिवेशन प्रक्रिया शुरू गर्नुपर्ने लगायतका विषयमा नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

बैठकले जिल्ला सभापतिको मागप्रति ऐक्यबद्धता जनाएको छलफल सहभागी नेता बलबहादुर केसीले जानकारी दिए ।

कांग्रेसका केही जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्ने लगायत माग गर्दै केन्द्रीय कार्यालयमा मंगलवारदेखि धर्ना शुरू गरेका छन् ।
 
पार्टीको केन्द्रीय निर्वाचन समितिका केही पदाधिकारी सहितको बैठकमा क्रियाशील सदस्यता, अधिवेशन तालिका, जिल्ला सभापतिका माग लगायतका विषयमा छलफल भएको उनले बताए ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, दीलेन्द्रप्रसाद बडू, डा. मीनेन्द्र रिजाल, केसी, शेखर कोइराला लगायत उपस्थित थिए ।

salt training

कमेन्ट गर्नुहोस्