सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित इनर्वामा बुधवार दिउँसो खाल्डोमा डुबेर १ बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हनुमाननगर कंकालिनी–१० का रामलखन खङ्गकी ३ वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ ।
घरदेखि २०० मिटर उत्तरमा रहेको कमल मण्डलको खेतको छेउमा खाली जग्गामा जमेको पानीमा उनी डुबेकी थिइन् ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।